पोखरामा लागूऔषधसहित कृष्ण हमाल प्रकाउ
पाेखरा | चैत ७, २०७९
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित कृष्ण हमाललाई प्रकाउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले पोखरा १३ बस्ने हमाललाई प्रकाउ गरेको हो ।

प्रकाउ परेका हमालको कोठाबाट नर्फिन २ सय ७ एम्पुल, डाइजेपाम २ सय ७ एम्पुल र फेनारागन २ सय ७ एम्पुल गरी ६ सय २१ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
प्रकाउ परेका हमाललाई जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्धामा १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

